एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज बिहिबार विभिन्न ९ खेल हुँदैछ ।
बक्सिङ डेको दिन प्रिमियर लिगमा लिग लिडर लिभरपुल, लेष्टर सिटी, चेल्सी, आर्सनल, म्यानचेस्टर युनाइटेड, टोटेनहम लगायतका क्लबले खेल्नेछन् ।
लिभरपुलले लेष्टर सिटीसँग खेल्नेछ । लेष्टरको मैदानमा हुने खेल राति १:४५ बजे सुरु हुनेछ ।
लिभरपुल लेष्टरलाई हराउदै शीर्ष स्थानको अग्रता थप फराकिलो बनाउने योजनामा हुनेछ । लिभरपुलले १७ खेलमा ४९ अंक जोडेको छ ।
यता दोस्रो स्थानको लेष्टर लिभरपुललाई पहिलो हार चखाउने योजनामा हुनेछ । दोस्रो स्थानको लेष्टरले १८ खेलमा ३९ अंक जोडेको छ ।
यस्तै टोटेनहमले घरेलु मैदानमा ब्राइटनको सामना गर्नेछ । आर्सनलले बर्नेमाउथसँग उसैको मैदानमा खेल्नेछ ।
चेल्सीले घरेलु मैदानमा साउथह्याम्पटनसँग खेल्दा एभर्टनले बर्नलीसँग खेल्नेछ ।
म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा न्युकासलसँग खेल्नेछ ।
यस्तै अन्य खेलमा सेफिल्डले वाट्फोर्डसँग खेल्दा क्रिस्टलले वेष्ट ह्याम र एस्टन भिल्लाले नर्विच सिटीसँग खेल्नेछ ।