काठमाडौं । विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ)को महिला फुटबल टिमका मुख्य प्रशिक्षक जनक सिंहले प्रतियोगिता बढ्दै गएमा महिला फुटबल टिमले राम्रो उचाई लिने बताएका छन् ।
सातौं संस्करणको प्रधानसेनापति महिला फुटबल प्रतियोगिता जितेपछि प्रशिक्षक सिंहले विगतको तुलनामा महिला टिमको प्रर्दशन राम्रो हुँदै गएको बताए ।
‘विगतको तुलनामा महिलाको प्रर्दशन राम्रो हुँदै गएको छ । महिला प्रतियोगिता बढेमा नेपाली टिम राम्रो उचाईमा पुग्ने सम्भावना छ । महिला टिमको सहभागिता पनि बढ्दै गएको छ ।’ उनले भने ।
प्रशिक्षक सिंहले प्रधानसेनापति कपमा विपक्षीले कडा टक्कर दिएका कारण आउँदो दिनमा अझै मेहेनत गर्नुपर्ने उल्लेख गरे ।
‘पहिला जस्तो प्रतिस्पर्धी छैनन् । सबैको प्रर्दशनमा सुधार हुँदै गएको छ । फाइनल खेल समेत प्रतिस्पर्धात्मकनै रह्यो । अब अझ मेहनत गर्नुपर्छ ।’ उनले थपे ।
साबिकको विजेता एपीएफले फाइनलमा आयोजक त्रिभुवन आर्मीलाई २–० गोल अन्तरले हराउँदै पाँचौं पटक प्रधानसेनापति अन्र्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि उचालेको हो ।