काठमाडौं । नेपाली यू-१५ राष्ट्रिय महिला फुटबल टिमले भुटानसँगको दोस्रो मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा नेपालले भुटानलाई १-० गोल अन्तरले हराएको हो ।
नेपाललाई जित दिलाउन अमिशा कार्कीले निर्णायक गोल गरिन् । उनले खेलको १३ औं मिनेटमा गोल गरेकी थिइन् ।
यस अघि सोमबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो ।
नेपाललाई जित दिलाउन अमिशा कार्कीले ह्याट्रिक गरेकी थिइन् । यस्तै कप्तान प्रिती राईले दुई र सुनकली राईले एक गोल गरेकी थिइन् ।
महिला फुटबल विकासको लागि नेपालले भुटानसँग मैत्रीपूर्ण खेल आयोजना गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।