• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
च्यासलमाथि एनआरटीको शानदार जित
नमीन ढकाल
बुधबार, पुस ९, २०७६ नमीन ढकाल
च्यासलमाथि एनआरटीको शानदार जित

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले दोस्रो जित निकालेको छ ।

बुधबार भएको तेस्रो खेलमा च्यासल युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै १० खेलाडीमा सिमित एनआरटीले दोस्रो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीलाई जित दिलाउन जुनियर निकेनगुए र दर्शन गुरुङले एक एक गोल गरे । च्यासलका अमिर श्रेष्ठले एक गोल फर्काए ।

खेलमा एनआरटीका दर्शन म्यान अफ दि म्याच चुनिए ।

जितसँगै एनआरटीले ३ खेलमा ४ अंक जोडेको छ । गत सिजन लिगको पुछारमा रहेको कारण  एनआरटीको २ अंक घटेको हो ।

च्यासलले पनि ३ खेलमा ४ अंक जोडेको छ ।

पहिलो खेलमा संकटालाई २–० ले हराएको च्यासलले दोस्रो खेलमा मछिन्द्रसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।

पहिलो खेलमा सरस्वती युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै लिगमा प्रभावशाली सुरुवात गरेको न्युरोड टिमले दोस्रो खेलमा संकटासंग १–० को हार ब्यहोरेको थियो ।

रोमान्चक खेल

खेलको तेस्रो मिनेटमै च्यासलले एनआरटीको पोस्ट आक्रमण गरेको थियो । च्यासलका आमिर श्रेष्ठले बायाँ भागबाट प्रहार गरेको लामो सट क्रसबारमा लागेर फर्कियो । आमिरको प्रहार एनआरटीका गोलरक्षक अजित प्रजापतिले पत्तै पाएनन् ।

१२ औं मिनेटमा कप्तान सन्तोष शाहुखले गोलको राम्रो अवसर गुमायो । जापानी खेलाडी हायातो क्रसमा सन्तोषको हेड दोस्रो बारबाट बाहिरियो ।

खेलको १७ औं मिनेटमा एनआरटीका कप्तान प्रकाश बुढाथोकीले डिबक्स बाहिरबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरियो । १९ औं मिनेटमा बुढाथोकीको अर्को प्रहार च्यासलका गोलकिपर एलेन न्यौपानेले सहजै बचाए ।

२३ औं मिनेटमा एनआरटीका कप्तान प्रकाश बुढाथाेकीले डिबक्स बाहिरबाट प्रहार गरेकाे बल च्यासलका गाेलकिपर एलेन न्यौपानेले पन्च गर्दै बाहिर फालेका थिए ।

तर, खेलको २३ औं मिनेटमा जुनियर निकेनगुएले हेड गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए ।

३७ औं मिनेटमा च्यासलले गोलको उत्कृष्ट अवसर सिर्जना गरेको थियो । तर, सुनिल बलले बायाँ तर्फबाट सेकेण्डबार च्याप्दै प्रहार गरेको बल एनआरटीका गाेलकिपर अजित प्रजापतिले मुस्किलले बचाए ।

खेलको ४० औं मिनेटमा च्यासलका जापानी खेलाडी हायातोले बायाँ भागबाट हानेको प्रहार दोस्रो बारमा लागेर फर्कियो ।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा च्यासल आक्रामक देखियो ।

५३ मिनेटमा च्यासलका आमिर श्रेष्ठले डिबक्स बाहिरबाट गरेको प्रहार बाहिरियो । लगतै उनले बाँया भागबाट गरेको प्रहार एनआरटीका गोलरक्षक अजितले पन्च गर्दै बाहिर पठाए ।

यस्तै खेलको ६१ औं मिनेटमा जापानी खेलाडी हायातोको पासमा सन्तोषको प्रहार एनआरटीका गोलरक्षक अजितले पन्च गर्दै बाहिर पठाउदा च्यासल बराबरी गोल गर्न चुकेको थियो ।

खेलको ७२ औं मिनेटमा एनआरटी १० खेलाडीमा सिमित भयो । उसका जोर्डनले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । च्यासलका अविशेक लिम्बुलाई फउल गरेपछि जोर्डनले रातो कार्ड पाएका हुन् ।

खेलको ८४ औं मिनेटमा च्यासलका नाकामुराले डिबक्सको ठिक नजिकबाट प्रहार गरेको फ्रिकिक अजितले उत्कृष्ट बचाऊ गरे ।

त्यसको दुई मिनेट नबित्दै ८६ औं मिनेटमा दर्शनले काउन्टरमा गोल गर्दै एनआरटीलाई २-० को अग्रता दिलाए । मध्ये भागबाट बल लगेर उनले च्यासललाई डिफेन्डरलाई बिट गर्दै गोल गरेका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा अमिरले एक गोल फर्काएपनि च्यासल २-१ ले पराजित भयो ।

के भन्छन् प्रशिक्षक ?

च्यासलका प्रशिक्षक बालगोपाल शाहुखलले खेलाडीले सजिलो रुपमा लैजादा एनआरटीविरुद्वको खेल गुमाएको बताए ।

'खेलाडीले निकै सुस्त खेले । धेरै मिस पास भए । विपक्षीलाई बढी ठाउ दिए,' खेलपछि पत्रकार सम्मेलनमा उनले भने, 'खेलाडीले सजिलो रुपमा लिएर । समस्या त्यहीबाट सुरु भयो ।'

उनले एनआरटीविरुद्व अंक गुमाएपनि खेलमा फर्कने अझै सम्भावना रहेको बताए ।

उनले भने, 'केही बिग्रिएको छैन । अझै १० खेल बाँकी छ । अझै सुधार गर्न सक्छौ भन्ने लाग्छ । उपाधि होडबारे उनले थपे, अब अरुको नतिजामा भर पर्नु पर्ने भएको छ,' शाहुखलले भने, 'एयर बलमा बढी कमजोर देखिएका छौ । एनआरटीका फरवार्डले धेरै दबाब दिए ।'

एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले महत्वपूर्ण खेलमा नतिजा आएको बताए । उनले मेहनतको नतिजा मैदानमा देखिएको उल्लेख गरे ।

'खेल्ने संरचना समेत परिवर्तन गरेका थियौ । जसले गर्दा राम्रो भयो,' उनले भने ।

प्रशिक्षक शाक्यले च्यासल आफुहरु भन्दा राम्रो टिम भएको बताउदै शीर्ष ६ मा पर्ने क्लबको लक्ष्य दोहोर्राए ।

 

च्यासल प्लेईङ सेट -

एलेन न्यौपाने, अमिर श्रेष्ठ, हेमन्त थापा मगर,नगेन्द्र चौधरी,सन्तोष शाहुखल, सुनिल बल, नितिन थापा,अविशेक लिम्बु, हायातो वाकिनो, ताइगा नाकामुरा, सन्जय राजबाहक

एनआरटी प्लेईङ सेट -
एरिक विष्ट, बिक्रम धिमाल, प्रकाश बुढाथोकी, अजित प्रजापति, अशोक थापा, शकल रेग्मी,दर्शन गुरुङ, नबिन गुरुङ,आन्द्रे थेरी,जुनियर निकेनगुए, जोर्डन एनदेम्बा

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
भुटानी लिगमा सन्तोष
भुटानी लिगमा सन्तोष
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीको जर्सीमा फोडेनको १०० गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP