काठमाडौं । त्रिभुवन आर्मी क्लबकी दिपा राई सातौं संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको सर्वोकृष्ट खेलाडी चुनिएकी छिन् ।
भद्रकालीस्थित आर्मी हेडक्वाटरमा बुधबार सम्पन्न प्रतियोगितामा दिपा सर्वोकृष्ट बनेकी हुन् । दिपाले आर्मीलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।
सर्वोकृष्ट बनेकी दिपाले एक थान स्कुटर प्राप्त गरिन् ।
तर, फाइनलमा आर्मी एपीएफ क्लबसँग २-० गोल अन्तरले पराजित हुँदै उपविजेता बन्यो ।

प्रतियोगिताको व्यक्तिगत विधातर्फ भने एपीएफका खेलाडीको वर्चश्वो रह्यो । प्रतियोगितामा उत्कृष्ट फरवार्ड एपीएफकी सावित्रा भण्डारी बनिन् ।
यस्तै उत्कृष्ट गोलकिपर एपीएफकी एन्जिला सुब्बा, डिफेन्डर आर्मीकी पुजा राना, मिडफिल्डर भुटानकी पेमा छोडेन छिरिङ र उत्कृष्ट प्रशिक्षक एपीएफका जनक सिंह घोषित भए ।
उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकले जनही १०/१० हजार प्राप्त गरे ।
आर्मीकी विमला विक उदयमान खेलाडी चुनिइन् । उनले २५ हजार ५ रुपैया प्राप्त गरिन् ।

