काठमाडौं । सातौं संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा अहिले साविक विजेता एपीएफ र आयोजक त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
भद्रकालीस्थित आर्मी हेडक्वाटरमा जारी खेलको पहिलो हाफ सकिदा एपीएफले १-० को अग्रता बनाएको छ । सरु लिम्बुको गोलमा एपीएफले अग्रता बनाएको हो ।
आज दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । दुवै टिममा राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको छ ।
प्रतियोगितामा एपीएफ अपराजित रहेको छ । समूह विजेता बन्दै फाइनल पुगेको एपीएफले सेमिफाइनलमा नेपाल पुलिस क्लबको चुनौती ५-२ ले पन्छाएको थियो ।
यस्तै आर्मीले सेमिफाइनलमा भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफसँगको भेट पक्का गरेको थियो ।
प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनल पुग्ने दुई टोलीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।
यस्तै, प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्नेछ । यस्तै, उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।