एजेन्सी । म्यानचेष्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गुनर सोल्सायरले पाउल पोग्बा विश्वको उत्कृष्ट अलराउण्डर मिडफिल्डर भएको दाबी गरेका छन् ।
चोटका कारण लामो समय मैदान बाहिर रहेका पोग्बा आइतबार वार्टफोर्टविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।
सोल्सायरले न्युक्यासलविरुद्धको खेलमा पोग्बाले पुनरागमन गर्नु क्लबका लागि फाइदा हुने बताए ।
‘हेरौं उसले कस्तो प्रतिक्रिया दिन्छ, महसुस गर्छ । उसले धेरै राम्रो गरेको थियो, उ आउनु फाइदा हो ।’ उनले भने ।
‘उसले जहाँपनि खेल्न सक्छ । उ सबै ठाउँको मिडफिल्डर हो । उसले बललाई लामो पास गर्न सक्छ, बललाई मिलाउन र गोल गर्ने मौका बनाउन सक्छ ।’ उनले थपे, ‘त्यो नै पोग्बाको राम्रो पक्ष हो । उ विश्वको एक उत्कृष्ट अलराउण्डर मिडफिल्डर हो ।’
‘उसले सबै भूमिका निर्वाह गर्न सक्छ । मैले उसलाई कम खेल्न भनेमा बढी खेल्छ र बढी खेल्न भने कम खेल्छ ।’ साेल्सायरले थपे, ‘यसको बारेमा उसँग सबै छलफल हुन्छ । तर उसलाई फिर्ता पाउनु ठूलो कुरा हो ।’