एजेन्सी । म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयन इन्ग्लिश प्रिमियर लिग फुटबलको खेलाडी पावर र्याङकिङको शीर्ष स्थानमा यथावत रहन सफल भएका छन् ।
स्पोर्ट्स मेलले निकालेको र्याङकिङमा ब्रुयन शीर्ष स्थानमा यथावत रहन सफल भएका हुन् । यसै साता ब्रुयनले लेष्टर सिटीविरुद्धको खेलमा गोल गरेका थिए । उक्त खेलमा सिटीले लेष्टरलाई ३-१ गोल अन्तरले हराएको थियो ।
सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले लेष्टरविरुद्धको खेल ब्रुयनले नै जिताएको बताएका छन् ।
‘उ एक शानदार खेलाडी हो,’ ग्वार्डिओलाले भने, ‘उनले हाम्रो लागि खेल जिताए ।’
पावर र्याङकिङको दोस्रो स्थानमा लेष्टरका स्ट्राइकर जेमी भार्डी रहेका छन् । यस सिजन लेष्टरका लागि उनले १७ गोल गरिसकेका छन् ।
लिभरपुलका साडियो माने तेस्रो स्थानमा रहेका छन् । उनले यसै साता लिभरपुललाई क्लब विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
लेष्टरका मिडफिल्डर जेम्स म्याडिसन चौंथो स्थानमा अटाएका छन् । पाँचौं स्थानमा भने चेल्सीका स्ट्राइकर विलियन रहेका छन् । उनले इन्ग्लिश प्रिमियर लिग अन्तर्गत टोटेनहमलाई हराउन २ गोल गरेका थिए ।
यसैगरी पावर र्याङकिङको छैंठौ स्थानमा साउथह्याम्पनका स्ट्राइकर ड्यानी इङ्ग रहेका छन् । उनले शनिबार एष्टन भिल्लाविरुद्ध गोल गरेका थिए ।
सिटीका स्ट्राइकर रहिम स्ट्रर्लिङ सातौं स्थानमा परेका छन् । यसअघि उनी आठौं स्थानमा थिए ।
आठौं स्थानमा म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस राष्फोर्ड रहेका छन् । वाट्फोर्डविरुद्ध निकै कमजोर प्रर्दशन गरेका राष्फोर्ड दुई स्थान घटेका हुन् ।
चेल्सीका मिडफिल्डर मासुन माउन्ट नवौं स्थानमा रहदा सिटीका फरवार्ड रियाद महारेज दशौं स्थानमा रहेका छन् ।