लिटिल एन्जल्स (एलए) प्रथम ब्रिजवाटर कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
ब्रिजवाटर इन्टरनेसनल कलेजको आयोजनामा भइरहेको प्रतियोगितामा एलएले साउथ वेस्टर्नलाई ४–२ गोलले पराजित गर्यो ।
एलएका साहिल थापा ‘म्यान अफ द म्याच’ घोषित भए ।
आयोजक ब्रिजवाटर र सैनिक आवसीय महाविद्यालय यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।
सेमिफाइनल पुग्ने एक टोलीको टुंगो लाग्न बाँकी छ ।