एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलका मुख्य प्रशिक्षक जोर्गेन क्लोपले फ्रान्सका खेलाडी अधिक महँगो हुने भएकाले क्लबमा फ्रान्स खेलाडी नभएको बताएका छन् ।
क्लोपले उनीहरुको महँगो मूल्यले गर्दा लिभरपुलले फ्रान्सेली खेलाडी चाहेपनि अनुबन्ध गर्न नसकेको बताएका हुन् ।
‘क्लबमा फ्रान्स खेलाडी चाहन्छौं तर उनीहरु हाम्रोलागि धेरै महँगा छन्,’ क्लोपले भने ।
सन् २०१७ यता लिभरपुलमा फ्रान्सेली खेलाडी अनुबन्ध भएका छैनन् । तर, क्लबमा फ्रान्स खेलाडी नहुनुको कारण केहीपनि नभएको प्रशिक्षक क्लोपले बताए ।
‘यहाँ कुनै कारण छैन ।’ उनले थपे, ‘केलियन पीएजीकालागि खेल्छन् । ग्रिजम्यान बार्सिलोना चाहन्थे र त्यो टिम कति राम्रो छ हामीलाई थाहा नै छ ।’
लिभरपुलबाट खेल्ने अन्तिम फ्रान्स खेलाडीको रुपमा मामादौ सखो थिए । जो सन् २०१३ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध भएका थिए ।
यस्तै, २१ औं शताब्दीको इतिहास हेर्दा लिभरपुलका लागि खेलेका फ्रान्स खेलाडीमा निकोलस एनेल्का, डेजिब्रिल सिससे, डेभिड न गोग र एली सिसोखो थिए ।