काठमाडौं । भुटानलाई हराँउदै त्रिभुवन आर्मी सातौं प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
भद्रकालीस्थित आर्मी हेडक्वाटरमा सोमबार भएको दोस्रो सेमिफाइनलमा भुटान महिला टिमलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
खेलको १० औं मिनेटमा पुजा राना मगरले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएकी थिईन् । यसैगरी ८४ औं मिनेटमा बिमला चौधरीले गोल गर्दै आर्मीलाई जित दिलाईन् ।
खेलमा आर्मीकी पुजा वुमन अफ दि म्याच चुनिईन् ।

अब आर्मीले उपाधिका लागि एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । आर्मी र एपीएफबिचको खेल बुधबार दिउँसो २ बजे आर्मी हेडक्वाटरमा हुनेछ ।
एपीएफ पहिलो सेमिफाइनलमा पुलिसलाई ५-२ गोल अन्तरले हराएर फाइनल पुगिसकेको छ ।
प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनल पुग्ने दुई टोलीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।
यस्तै, प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्नेछ । यस्तै, उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।
आर्मी प्लेईङ सेट -
अञ्जना राना मगर, पुनम जर्गा मगर, कविता धिमाल, पुजा राना मगर, दिपा राई, इन्दिरा राई (४८ मिनेटमा निशा बोहोरा), सर्मिला थापा मगर, बिमला चौधरी, सपना लामा, रश्मी कुमारी घिसिङ (७८ मिनेटमा मनिका कुसुवार), अञ्जली वाईबा (४६ मिनेटमा बिमला वि.क)
भुटान प्लेईङ सेट -
जमयाङ छोडेन, सोनाम छोडेन, दोर्जी इडोन, पेमा छोडेन, नगवाङ याङचेन, सुक मायाँ ग्लोललि, छिरिङ याङदेन, नङगयल डेमा (६३ मिनेटमा सुनिता राई), गेली वाङग्मो, उग्गेन छोडेन, संगिता मोनगर