काठमाडौं । नेपाली यू-१५ महिला फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा भुटानको यू-१५ टिमलाई पराजित गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार नेपालले भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।
नेपाललाई जित दिलाउन अमिशा कार्कीले ह्याट्रिक गरिन् । यस्तै कप्तान प्रिती राईले दुई र सुनकली राईले एक गोल गरिन् ।
भुटानकी कप्तान डिकी लाजोमले एक गोल फर्काईन् ।
अब नेपालले भुटानसँग बुधबार दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।

