काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टार र पुलिसले गोलरहित बराबरी खेलेका छन् ।
आज दुवै टिम पहिलो जितको खोजीमा रहेका छन् ।
पहिलो खेलमा थ्री स्टार ललितपुरकै जावलाखेल युथसँग गोल रहित बराबरीमा रोकिएको थियो ।
पुलिसले हिमायन शेर्पा क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।