काठमाडौं । नेपाली यू-१५ महिला फुटबल टिमले आज सोमबार भुटानको यू-१५ महिला फुटबल टिमसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपालले भुटानसँग खेल्नेछ । खेल नेपाली समय अनुसार अपरान्ह २ बजे सुरु हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मैत्रीपूर्ण खेल निशुल्क हेर्न सकिने जनाएको छ ।
महिला फुटबल विकासको लागि मैत्रीपूर्ण खेल आयोजना गरिएको एन्फाले जनाएको छ । अर्को मैत्रीपूर्ण खेल बुधबार हुनेछ ।