एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा रियल एथ्लेटिको बिल्बाओसँग गोलरहित बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा थुप्रै गोलको अवसर खेर फाल्दा रियलले अंक बाड्नु परेको हो । रियल करिम बेन्जिमा एक्लैले गोल गर्ने सात अवसर खेर फालेका थिए ।
यस्तै बिल्बाओका केनान कोड्रोको गोल अफसाइड भएको थियो ।
बिल्बाओको यो लगातार तेस्रो खेलमा बराबरी हो । सन् २००६ को मार्चपछि पहिलो पटक रियलले तीन खेलमा बराबरी खेल्नु परेको हो । यस अघि रियल भ्यालेन्सियासँग १-१ र बार्सिलोनासँग गोलरहित बराबरीमा रोकिएको थियो ।

यो बराबरीसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक बराबरी गर्ने मौका गुमाएको छ । दोस्रो स्थानको रियलले १८ खेलमा ३७ अंक जोडेको छ । बार्सिलोनाको ३९ अंक रहेको छ । २८ अंक जोडेको बिल्बाओ सातौं स्थानमा रहेको छ ।

ला लिगा अन्तर्गत नै अर्को खेलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई २-१ ले हराएको छ ।
जितसँगै एट्लेटिको ३२ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ ।