एजेन्सी । सुपर कोपा इटालियाको उपाधि लाजिओले जितेको छ ।
आइतबार राति भएको फाइनलमा १० खेलाडीमा सिमित युभेन्ट्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै लाजिओले सिजनको पहिलो उपाधि जितेको हो ।
साउदी अरबको किङ साउद युनिभर्सिटीको मैदानमा लाजिओलाई जित दिलाउन लुइस अल्बेर्टो, सिनाडा लुलिक र डानिलो कटाल्डीले एक एक गोल गरे
युभेन्ट्सका पाउलो डीबालाले एक गोल फर्काए ।

खेलको १६ औं मिनेटमा अल्बर्टोले गोल गर्दै लाजिओलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा डीबालाले गोल गर्दै युभेन्ट्सलाई खेलमा फर्काए ।
७३ औं मिनेटमा लुलिकले गोल गर्दै लाजिओको अग्रता २-१ को बनाए ।
खेलको ९० औं मिनेटमा रोड्रिगोले दुई पहेलो कार्डसहित रातो कार्ड पाउँदा युभेन्ट्स अन्तिम समय १० खेलाडीमा समेटिएको थियो ।
त्यसपछि खेलको इन्जुरी समयमा डानिलोले गोल गर्दै लाजिओलाई ३-१ को जित दिलाए ।
यस हारसँगै पुनः युभेन्ट्स लाजिओसँग पराजित भएको छ । यस सिजनको सिरी ए लिगमा समेत युभेन्ट्स लाजिओसँग पराजित भएको थियो ।