एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा चेल्सीले घरेलु टोली टोटेनहमलाई २-० गोल अन्तरले हराएको हो ।
१० खेलाडीमा सिमित घरेलु टोलीमाथि चेल्सीले दुवै गोल पहिलो हाफमा गरेको थियो ।
खेलको १२ औं मिनेटमा विलियमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । त्यसपछि खेलको ४५ औं मिनेटमा विलियमले पेनाल्टीमा गोल गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।

खेलको ६२ औं मिनेटमा सन ह्युङ मिनले रातो कार्ड पाउँदा घरेलु टोली १० खेलाडीमा समेटिएको थियो ।
चेल्सीले हासिल गरेको जित एन्टोनियो रोडजरमाथि गरिएको रंगभेदी व्यवहारको कारण छायाँमा पर्यो । टोटेनहमका फरवार्ड सनले मैदान छाड्ने घटनामा रोडजर जोडिएका थिए ।
रेफ्रीले भिएआरमार्फत सनलाई रातो कार्ड देखाएका थिए । खेल भावना विपरित आचरण गरेको आरोपमा रेफ्रीले उनलाई मैदान बाहिर पठाएका थिए ।
सोही समय लगत्तै २६ वर्षीय फरवार्डमाथि टोटेनहमका प्रशंसकले रंगभेदी दुव्र्यवहार गरेका थिए ।
लण्डन क्लब चेल्सीको नेतृत्व गरिरहेका फ्रान्क लाम्पार्डले पुर्व प्रशिक्षक जोसे माउरिन्होमाथि जित हासिल गर्न सफल भएका छन् । लाम्पार्डले लामो समय माउरिन्होको नेतृत्वमा रहेर चेल्सीबाट खेलेका थिए ।
जितसँगै चेल्सीले १८ खेलमा ३२ अंक जोडेको छ । चेल्सी तालिकाको चौंथो स्थानमा रहेको छ ।
पराजित टोटेनहम २६ अंक जोडेर लिगको सातौं स्थानमा रहेको छ ।
