एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।
आइतबार भएको खेलमा युनाइटेड लिगको पुछारमा रहेको टिम वाट्फोर्डसँग २-० गोल अन्तरले पराजित भएको हो ।
वाट्फोर्डलाई जित दिलाउन इस्माइला सार र ट्रोय डेनीले एक एक गोल गरे ।
वाट्फोर्डमा मैदानमा घरेलु टोलीसँग पहिलो हाफ गोलरहित बराबरी खेलेको युनाइटेडले दोस्रो हाफमा दुई गोल खाएको थियो ।
खेलको ५० औं मिनेटमा इस्माइलाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५४ औं मिनेटमा डेनीले पेनाल्टीमा गोल गर्दै वाट्फोर्डलाई २-० को जित दिलाए ।

युनाइटेडलाई हराएसँगै वाट्फोर्डले लिगमा दोस्रो जित निकालेको छ । लिगको पुछारमा रहेको वाट्फोर्डले १८ खेलमा १२ अंक जोडेको छ ।
लिगमा युनाइटेडको यो पाँचौ हार हो । हारसँगै आठौं स्थानको युनाइटेडले १८ खेलमा २५ अंक जोडेको छ ।

