काठमाडौं । साइपाल एकेडेमी प्रथम ब्रिजवाटर कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
ब्रिजवाटर इन्टरनेसनल कलेजद्वारा आयोजित प्रतियोगितामा साइपालले पिस प्वाइन्टलाई ५–४ गोलले पराजित गर्यो । साइपालका गणेश थापा ‘म्यान अफ द म्याच’ घोषित भए ।
न्यु मिलिनियम र नेपालय पनि आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलमा पुगे । न्यु मिलिनियमले आदर्श जनप्रेमीलाई ३–० तथा नेपालयले साउथ वेस्टर्नलाई ४–१ गोलले हराए ।
न्यु मिलिनियमका दीपेश गुरुङ तथा नेपालयका रोशन नेपाल ‘म्यान अफ द म्याच’ चुनिए ।