एजेन्सी । इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्ट्सले सुपर कोपा इटालियानाको उपाधिका लागि आज (आइतबार) लाजिओसँग खेल्दैछ ।
सिजनको पहिलो उपाधिका लागि युभेन्ट्सले साउदी अरेबियाको किङ साउद विश्वविध्यालयको रंगशालामा लाजिओसँग खेल्नेछ । खेल नेपाली समय अनुसार राति ८ः३० बजे सुरु हुनेछ ।
पछिल्लो पटक २०१७ को सुपरकोपाको उपाधिका लागि युभेन्ट्स र लाजिओले प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला युभेन्ट्स लाजिओसँग ३–२ गोल अन्तरले पराजित भएको थियो ।
जारी सिजनमा सिरी ‘ए’ मा युभेन्ट्सलाई पराजित गर्ने लाजिओ एक मात्र टोली हो । उक्त खेलमा युभेन्ट्स ३–१ गोलले पराजित भएको थियो । लाजिओविरुद्ध स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए ।
रोनाल्डोले पछिल्लो साता गरेको गोलले विश्व फुटबलमा सनसनी मच्चाएको छ । उनले २.५६ मिटर उफ्रिदै युभेन्ट्सका लागि विजयी गोल गरेका थिए ।
पछिल्लो साताको प्रदर्शनबाट रोनाल्डोले सबैबाट तारिफ पाईरहेका छन् ।
यस्तै तारिफ गर्नेमा इटालीका पूर्व खेलाडी पिलिप्पो इन्जागी पनि रहेका छन् ।
लाजिओविरुद्धको फाइनलअघि इन्जागीले रोनाल्डो आफैमा एक च्याम्पियन खेलाडी भएको बताएका छन् ।
'रोनाल्डो आफैमा एक च्याम्पियन खेलाडी हो । उनी जस्तो सुके अवस्थामा पनि खेललाई परिवर्तन गर्न सक्ने क्षमता राख्छन्,' इन्जागीले भने, 'हामीले खेलाडीको क्षमतामा विश्वास गर्नु पर्दछ । ताकी खेलाडीको कागजी मूल्य र अनुबन्ध समय अवधिमा हैन्। रोनाल्डोसँगै युभेन्ट्सको टोलीमा पनि एक रुपता छ । जुन खेल दैरान हामी मैदानमा देख्न सक्छौ।'
फिलिप्पोले रोनाल्डोसँगै क्षमता, तिब्रता र गुणत्व भएका युभेन्ट्ससँग अन्य टोलीले प्रतिस्पर्धा गरिरहेको बताएका छन् ।
युभेन्ट्सले सर्वाधिक ८ पटक सुपरकोपाको उपाधि जितेको छ । यस्तै ६ पटक उपविजेता बनेको छ । यता, लाजिओले ४ पटक उपाधि जित्दा ३ पटक उपविजेता बनेको छ ।