एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले अमिएन्सलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे । यस्तै नेयमार र माउरियो इकार्डीले एक एक गोल गरे । अमिएन्सका स्टिभीन मेन्डोजाले एक गोल फर्काए ।
जितसँगै पीएसजीले १८ खेलबाट ४५ अंक जोडेको छ । पीएसजीले शीर्ष स्थानको अग्रता ७ अंकको बनाएको छ । अमिएन्स १७ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।

