एजेन्सी । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा इन्टरले जिनोआलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा इन्टरलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गरे । यस्तै रोबर्टो गाग्लीआर्डिनी र सेबास्टीयानो एस्पोसिटोले एक एक गोल गरे ।
जितसँगै इन्टर लिगको शीर्ष स्थानमा उक्लिएको छ । १७ खेलमा ४२ अंक जोडेको इन्टरले युभेन्ट्सलाई पछि पारेको हो । युभेन्ट्सको १७ खेलमा ४२ अंक नै रहेको छ । तर, गोल अन्तरमा इन्टर शीर्ष स्थानमा रहेको छ ।
पराजित जिनोआ ११ अंक जोडेर लिगको पुछारमा रहेको छ ।
