• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
शेर्पाविरुद्ध प्रर्दशन सुधार्ने एपीएफको बाचा
खेलपाटी संवाददाता
आइतबार, पुस ६, २०७६ खेलपाटी संवाददाता
शेर्पाविरुद्ध प्रर्दशन सुधार्ने एपीएफको बाचा

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा आज (आईतबार) एक खेल हुँदैछ ।

अखिल नेपाल फुटबल संघ एन्फाले आईतबार हिमालयन शेर्पा र विभागीय टिम शसस्त्र प्रहरी बल एपीएफबीचको खेल निर्धारण गरेको छ ।

दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

लिग तालिकामा हिमायन शेर्पाले पहिलो खेलबाट १ अंक रहेको छ । एपीएफले खाता खोल्न सकेको छैन ।

शेर्पाले विभागीय नेपाल पुलिस क्लबलाई बराबरीमा रोक्दै लिगमा सुरुवात गरेको थियो ।

स्टार र अनुभवी खेलाडी बिनानै बलियो पुलिसलाई रोक्दै शेर्पा क्लबले लिगमा महत्वपुर्ण एक अंक जोडेको थियो ।

‘बलियो पुलिसलाई रोक्नुनै हाम्रो लागि जित सरह हो ।’ खेलपछि शेर्पाका प्रशिक्षक सञ्जिब बुढाथोकीले भनेका थिए ।

उनले लिगको डेब्यु खेलमै अंक जोड्न सफल भएका थिए ।

फेरी एक पटक हिमायन शेर्पा क्लब लिगमा अंक नगुमाउने लक्ष्य सहित एपीएफविरुद्व मैदान उत्रदैछ ।

पहिलो पटक ए डिभिजन लिगमा क्लबको नेतृत्व गरिरहेका सञ्जिव लिगको दोस्रो खेलमा समेत कम्तिमा पनि सोही नतिजा दोहर्याउन चाहन्छन् ।

प्रत्येक दिन टिम सेट हुँदै जाने भन्दै उनी बलियो एपीएफविरुद्ध अंक खोस्ने दाउमा छन् ।

‘टिम सेट हुँदै जाने क्रममा छ । पहिलो खेलमा सेट टिम खेलाउन पाएनौं । एपीएफविरुद्ध पनि सोहि सेट हुँदा स्पष्ट तीन अंक लिने प्रयासमा हुनेछौं । नभए अंक गुमाउन चाहदैनौं ।’ उनी भन्छन् ।

पहिलो खेलमा विदेशी खेलाडी बिना मैदान उत्रिएको शेर्पाले लिगको दोस्रो खेलमा पनि विदेशी खेलाडी खेलाउन पाउने सम्भावना कम छ । भिषा प्रक्रिया पुरा नहुँदा प्रशिक्षक संञ्जिब समस्यामा छन् । उनी सेट टिममा एपीएफविरुद्ध एक मात्रै विदेशी खेलाडी भएपनि खेलाउने तयारीमा छन् ।

पहिलो चरणमा स्पष्ट तीन अंक हासिल गर्न नसकेका दुबै क्लब दोस्रो चरणमा भने स्पष्ट तीन अंक चाहन्छन् ।

पहिलो चरणमा शेर्पा क्लबले पुलिससँग गोलरहित बराबरी खेलेको थियो । एपीएफ भने पहिलो खेलमै तीन अंक गुमाउन पुग्यो । एपीएफ गत सिजनको च्याम्पियन मनाङसँग २–० गोल अन्तरले पराजित भएको थियो ।

गत सिजन दुई टिमबीच भएको भिडन्त गोल रहित बराबरीमा टुंगिएको थियो । जुन खेलमा एपीएफ गोलको नजिक पुगेर पनि असफल बनेको थियो ।

पहिलो खेलमै तीन अंक गुमाएका एपीएफका प्रशिक्षक राजेन्द्र तामाङ दोस्रो खेलमा तीन अंक हासिल गर्न चाहन्छन् ।

‘पहिलो खेलमै हार ब्यहोरेका कारण दोस्रो खेल निकै महत्वपुर्ण छ । त्यसैले तीन अंकको लागि खेल्छौं । तयार पनि छन् ।’ उनी भन्छन् ।

पहिलो खेलमा राष्ट्रिय टिमका खेलाडी बिना खेलेको मनाङलाई दबावमा राखेपनि एपीएफ गोल गर्न चुकेको थियो ।

खेलमा बल पोजिसन र पोष्ट आक्रमण मनाङको तुलनामा धेरै देखिएपनि एपीएफको स्कोरिङमा समस्या देखिएको थियो । त्यसैले सो गल्ती शेर्पा क्लबविरुद्व नदोहर्याउने पक्षमा एपीएफ छ ।

प्रशिक्षक तामाङ दोस्रो खेल निकै महत्वपुर्ण रहेको कारण टिमले निकै मेहनत गर्नुपर्ने बताउँछन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP