एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता वायर्न म्युनिखले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा वायर्नले वुल्फबर्गलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८५ औं मिनेटमा जोशुआ जिर्क्जीले गोल गर्दै वायर्नलाई अग्रता दिलाए ।
त्यसपछि खेलको ८९ सेर्गी गेन्ब्रीले गोल गर्दै वायर्नलाई २-० को जित दिलाए ।
जितसंगै वायर्नले १७ खेलमा ३३ अंक जोडेको छ । वायर्न लिगको तेस्रो स्थानमा रहेको छ ।
वुल्फबर्ग १७ खेलमा २४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
