काठमाडौं । नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टिमले मैत्रीपूर्ण खेलमा बहराईनको राष्ट्रिय महिला टिमसँग बराबरी खेलेको छ ।
बिहिबार राति भएको खेलमा नेपालले घरेलु टिमसँग १-१ गोलको बराबरी खेलेको हो । नेपालको लागि सविता राना मगरले एक गोल गरिन् ।
यस सँगै तीन मैत्रीपूर्ण खेलका लागि बहराईन पुगेको नेपाली टोलीले २ जित र १ बराबरी खेलेको छ ।
नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बहराईनको यू-१९ टिमलाई ४-२ गोल अन्तरले हराएको थियो । यस्तै दोस्रो मैत्रीपूर्णमा नेपालले ३-० को जित निकालेको थियो ।
