बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

को बन्ला लिग च्याम्पियन ?

बिहिबार, ०३ पौष २०७६नमीन ढकाल
को बन्ला लिग च्याम्पियन ?

बलका लागि संघर्ष गर्दै थ्री स्टार र जावलाखेलका खेलाडी । फोटो खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ)का प्रशिक्षक राजेन्द्र तामाङको भनाई मान्ने हो भने यस पटक सहिद स्मारक ए डिभिजन लिगका सबै टिम १९–२० का छन् ।

लिगमा सहभागी १४ क्लबलाई ठुलो र सानो भन्ने अवस्था छैन । सबै क्लब उपाधिका लायक छन् ।

कतार एयरलाईन्सलाई मुख्य प्रायोजक पाएको लिगको पहिलो चरण समाप्त भैसकेको छ ।

मंसिर २८ बाट सुरु भएको लिगले फागुन ३ गते च्याम्पियन टिम पाउने छ । यस्तै एक टिम घटुवा हुनेछ ।

गत सिजन रेलिगेशन बिनाको लिग गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसपटक एक टिममात्र रेलिगेशनमा पार्ने नियम लगाएको छ ।

गत सिजन अन्तिममा रहेको एनआरटीले दुई तथा अन्तिमबाट दोस्रो भएको मछिन्द्रले एक अंक घटाएर नयाँ सिजनको सुरुवात गरेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन भईरहेको लिगको पहिलो चरणको खेल सकिदाँ पाँच क्लबले स्पष्ट तीन अंक जोडेका छन् ।

पहिलो चरणमा जित निकालेका पाँचै क्लबले नयाँ सिजनको लिगमा आफुलाई उपाधि दाबेदारको रुपमा व्याख्या गरेका छन् । जसमा एनआरटीले शीर्ष ६ का लागि प्रतिस्पर्धा गर्ने बताएको छ ।

पुर्व च्याम्पियन मनाङ मस्र्याङ्दी, च्यासल युथ क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र क्लब, एनआरटीले लिगमा सुखद् सुरुवात गरेका छन् ।

यस्तै, चार टिमले पहिलो चरणमा अंक बाँडेका छन् । नेपाल पुलिस, हिमालयन शेर्पा, थ्रीस्टार र जावलाखेलले पहिलो चरणमा मात्र एक अंक जोडेका छन् ।

थ्री स्टार बाहेक अंक बाँड्ने सबै क्लबले शीर्ष ६ भित्र पर्ने लक्ष्य रहेको बताएका छन् ।

पहिलो चरणमा अंक गुमाएको कुपन्डोलको फ्रेन्ड्स, तीनकुनेको सरस्वती, एपीएफ, ब्रिगेड ब्बाइज र संकटा रहेका छन् । पाँचै क्लबले आफुहरु शीर्ष ६ को दाबेदार मान्छन् ।

पहिलो चरणको खेलको प्रर्दशनको आधारमा लिग जित्ने सम्भावित टिमको बिषयमा दाबी गर्न हतारो हुनेछ । तर अनुबन्धन गरिएका खेलाडी, टिम वर्क र प्रर्दशनका आधारमा पहिलो चरणमा तीन अंक जोड्ने क्लबनै लिग उपाधिको मुख्य दाबेदार देखिएका छन् ।

यसअघिका लिगलाई फर्किएर हेर्दा, अनुभवी र राष्ट्रिय टिमका खेलाडी राख्ने क्लबलाई उपाधिको दाबेदार मानिन्थ्यो । गत सिजनमा मनाङ र थ्री स्टार मुख्य दोबदार देखिन्थे । नयाँ सिजन मुख्य खेलाडीले क्लब छाड्दा थ्री स्टार र मनाङले स्वभाविक लय पाउन सकेका छैनन् ।

बुधबार मात्रै थ्रीस्टार र मनाङको ‘प्लेईङ सेट’मा रहेका आधा दर्जन भन्दा बढि खेलाडी नयाँ अनुहार हुन् । प्राय खेलाडी गत बर्ष बेन्चमा बसेका थिए ।

थ्रीस्टार क्लबका मुख्य प्रशिक्षक मेघराज केसी र एपीएफका प्रशिक्षक तामाङको भनाई मिल्दो जुल्दो छ ।

मेघराज भन्छन्, ‘यस पटक लिगमा दाबेदार भन्ने अवस्था छैन । सबै क्लब १९–२० का छन् । पहिलो चरणबाटै दाबेदार भन्न मिल्दैन । अहिलेको परिस्थितीमा सबै लिगका दाबेदार हुन् ।’

Image may contain: 3 people, people playing sport, stadium and outdoor

राष्ट्रिय टिम र अनुभवी खेलाडीको हिसाबले लिगको मुख्य दाबेदार मछिन्द्र क्लबनै हो ।

उसले नयाँ सिजन मनाङबाट लिग खेलेका सात खेलाडी (बिराज महर्जन, विशाल राई, विशाल श्रेष्ठ, सुजल श्रेष्ठ, दिपक राई, हेमन गुरुङ, सुर्य अधिकारी), पुलिसबाट लिग खेलेका (रेजिन सुब्बा, अभिषेक रिजाल), च्यासलबाट लिग खेलेका (देबेन्द्र तामाङ, योगेश गुरुङ) र थ्रीस्टारबाट लिग खेलेका (रन्जित धिमाल, विजय धिमाल, बुद्धराज लिम्बु) लाई टिममा समावेश गरेको छ ।

तर थ्रीस्टार र मनाङ केही अनुभवी खेलाडी र राष्ट्रिय टिम बाहिरका खेलाडीलाई लिएर लिगको उपाधिमा दाबेदारिता प्रस्तुत गर्दैछन् ।

थ्री स्टार प्रशिक्षक मेघराज भन्छन् ‘अहिलेको अवस्थामा नामले खेल्ने हैन । पेपर हेर्नेले नाम नदेख्लान तर खेलाडी अहिलेकै राम्रो छन् । यिनीहरुले थ्रीस्टारलाई लिग जिताएर देखाउँछन् ।’ उनी भन्छन् ।

यस्तै भनाई मनाङका प्रशिक्षकको समेत रहेको छ ।

क्लबका सहायक प्रशिक्षक धनेश्वर प्रजापति गत सिजनका ७ खेलाडीको कुनै अभाव नभएको बताउँछन् । उनले औसत खेलाडीबाटै टिमलाई च्याम्पियन बनाउने लक्ष्य राख्छन् ।

‘क्लबमा जो खेलाडी छ, उसैलाई राम्रो बनाउनुपर्छ । हामीलाई पुराना खेलाडीको कुनै अभाव भएको छैन । क्लबमा रहेका खेलाडीबाट नै च्याम्पियन हुन्छौं ।’ उनले भने ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको निर्देशन लत्याउँदै एन्फा

राखेपको निर्देशन लत्याउँदै एन्फा

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा