एजेन्सी । अर्जेन्टिनाका लिजेण्ड डिएगो म्यारोडोनाले फुटबल इतिहासकै सर्वोकृष्ट खेलाडी अल्फ्रेडो डी स्टेफानो रहेको बताएका छन् ।
म्यारोडोनाले ब्राजिलियन लिजेण्ड पेले र अर्जेन्टिनाका लियोनल मेस्सीको तुलनामा अर्जेन्टिनाका लिजेण्ड स्टेफानो महान खेलाडी भएको दाबी गरेका हुन् ।
'मेरो विचारमा डी स्टेफानो उत्कृष्ट हुन्,' म्यारोडोनाले टीवाईसी स्पोर्ट्ससँग भनेका छन्, 'उहाँ सबैभन्दा माथि छन् र म भन्दा पनि ।'
म्यारोडोनाले पेलेलाई फुटबलका जीवित इतिहास भनिएपनि उनले स्टेफानो प्रतिभालाई मान्न नचाहेको बताए ।
'पेले स्टेफानोको प्रतिभा मान्न तयार थिएनन् । पेलेका साथीहरु उनलाई फुटबलको जीवित इतिहास मान्ने गर्थे,' म्यारोडोनाले भने, 'इतिहासकै सबैभन्दा राम्रो भएकोले मैले पेलेलाई रियोमा पराजित गरे ।'
हालै कीर्तिमानी छैटौं पटक बालेन डी'ओर अवार्ड जितेका मेस्सीबारे भने आफुले धेरै नबोल्ने म्यारोडोनाले बताए । उनले मेस्सीले राम्रो गरिरहेको समेत बताए ।
'मेस्सीले राम्रो गरिरहेका छन् । मेस्सी घर आउछन्, फुटबल खेल्छन् । राष्ट्रिय गान गाउदैनन् र उनीहरुले भन्ने गर्छन् उ क्याटलान हो । म उसको आलोचना गर्दिन,' म्यारोडोनाले भने ।