एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्रेन्च फरवार्ड केलियन एमबाप्पेको ट्वीटर एकाउन्ट ह्याक भएको छ ।
बिहिबार बिहानबाट एमबाप्पेको ट्वीटर एकाउन्ट ह्याक भएको हो ।
ह्याकरले एमबाप्पेको ट्वीटर ह्याक गर्दै एकाउन्टको नाम 'केलियन एमबाप्पे ह्याक बाई टीएसयु एक्स फ्यान टार्टे' राखेको छ । ह्याकरले एमबाप्पेको पोस्टहरु भने हटाएको छैन ।
फ्रेन्च लिगमा बुधबार राति एमबाप्पेको मेन्सविरुद्ध गोल गरेका थिए ।
