एजेन्सी । साविक विजेता वायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा सहज जित निकालेको छ ।
बुधबार राति भएको खेलमा वायर्नले फ्रेइबर्गलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
फ्रेइबर्गको मैदानमा वायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्की, जोसुवा जिर्क्जी र सेर्गी गान्ब्रीले एक एक गोल गरे । फ्रेइबर्गका भिन्सेन्जो ग्रिफोले एक गोल फर्काए ।
जितसँगै वायर्न लिगको तेस्रो स्थानमा उक्लिएको छ । वायर्नले १६ खेलबाट ३० अंक जोडेको छ । पराजित फ्रेइबर्ग २५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

अर्को खेलमा दोस्रो स्थानको बोरुसिया मोन्चेनग्लाडवाचले पाडरबनलाई २-० ले हराएको छ । फ्रान्कफर्ट क्लोन ४-२ गोल अन्तरले पराजित भएको छ ।
यस्तै शाल्केले वुल्फवर्गसँग १-१ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।
