एजेन्सी । पाँच पटकको च्याम्पियन म्यान्चेष्टर युनाईटेड कारबाओ कपको सेमिफाईनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा युनाईटेडले कोलचेस्टर युनाईटेडलाई ३–० गोल अन्तरले हराएको हो ।
जितसंगै युनाईटेडले सेमिफाईनलमा शहरी प्रतिद्धन्दी म्यानचेष्टर सिटीसंग सेमिफाईनल भिडन्त पक्का गरेको छ ।
सन् २०१७ पछि आले गुनर सोल्सायरको टिम पहिलो पटक प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको हो ।
युनाईटेडका तीनै गोल १० मिनेटको अन्तरमा सम्भव भएको थियो ।
पहिलो हाफमा गोलका धेरै अवसर गुमाएका मार्कुस रासफोर्डले दोस्रो हाफमा गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।
उनले ५१ औं मिनेटमा युनाईटेडलाई अग्रता दिलाएका थिए ।
५६ औं मिनेटमा रायन ज्याक्सनले आत्मघाति गोल गरेपछि युनाईटेड २–० ले अघि बढेको थियो ।
त्यसको ५ मिनेटपछि एन्थोनी मार्टियलले गोल गर्दै युनाईटेडलाई ३–० ले अघि बढाएका थिए ।

सेमिफाईनलको खेल अब दुई लेगको हुनेछ ।
पहिलो लेगको खेल जनवरी ६ मा ओल्डट्राफोर्डमा हुनेछ । दोस्रो लेग जनवरी २७ मा ईतिहास स्टेडियममा हुनेछ ।