एजेन्सी । क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट हेड गोलमा सिरि ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ ।
बुधबार भएको खेलमा युभेन्ट्सले साम्पोडियालाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
खेलमा अग्रता युभेन्ट्सले पाउलो ड्याबालाको गोलबाट १९ औं मिनेटमा लिएको थियो ।
घरेलु टोली साम्पोडियाका जियानलुका कापरारीले ३५ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
४५ औ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अगाडी बढाएका थिए ।
रोनाल्डोको सोही हेड गोल युभेन्ट्सलाई सिरि एमा तीन अंकको अग्रता दिलाउन पर्याप्त रह्यो ।

जितसंगै शीर्ष स्थानको युभेन्ट्सले ४२ अंक जोडेको छ । उसले दोस्रो स्थानको ईन्टर मिलानसंग ३ अंकको अग्रता लिएको छ ।
साम्पोडिया १५ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ ।