एजेन्सी । रहिम स्टर्लिङ चम्किँएको खेलमा म्यान्चेष्टर सिटी कारबाओ कपको सेमिफाईनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा सिटीले अक्सफोर्ड युनाईटेडलाई ३–१ गोल अन्तरले हराएको हो ।
सिटीका लागि स्टर्लिङले दुई तथा क्यानसिलोले एक गोल गरे । युनाईटेडका टेलरले एक गोल फर्काए ।
खेलमा अग्रता सिटीले क्यानसिलोको गोलबाट २२ औं मिनेटमा लिएको थियो ।
टेलरले ४६ औं मिनेटमा युनाईटेडका लागि बराबरी गोल फर्काए ।
स्टर्लिङले ५० औ मिनेटमा सिटीलाई अग्रता दिलाउने काम गरे । ७० औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै उनले सिटीको जित पक्का गरे ।
जितसंगै सिटीले सेमिफाईनलमा शहरी प्रतिद्वन्दी युनाईटेडसंग खेल्नेछ । यस्तै लेस्टर सिटीले एस्टन भिल्लासंग खेल्नेछ ।