एजेन्सी । इन्ग्लिश क्लब लिभरपुल फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
कतारको दोहामा बुधबार राति भएको मेक्सिकन क्लब मोन्टेरीलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
खालिफा अन्तर्राष्ट्रिय मैदानमा खेलको १२ औं मिनेटमा नेबी केइटाले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाएका थिए । १४ औं मिनेटमा रोगेलिओ फुनेस मोरीले गोल गर्दै मोन्टेरीलाई खेलमा फर्काएका थिए ।
तर, खेलको इन्जुरी समयमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए ।
अब लिभरपुलले उपाधिका लागि फ्लामेन्गोसँग खेल्नेछ ।
