धनगढी । पाँचौ संस्करणको फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता माघ १० गतेदेखि आयोजना हुने भएको छ ।
आयोजक फारवेष्ट पशुपति युवा क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता एक महिना सरेको जनाएको छ ।
यस अघि पुस ४ गतेदेखि आयोजना हुने भनिएपनि प्राविधिक समस्या र प्रायोजकको अभावले प्रतियोगिता एक महिना पछि सरेको आयोजकले जनाएको छ ।
प्रतियोगिता एक महिना सरे पनि आयोजकले प्रतियोगिताको ट्रफी भने सार्वजनिक गरेको छ ।
यस्तै आयोजकले आफ्नो टीमको कप्तानमा कुँवेर सिंह रहने समेत घोषणा गरेको छ ।
धनगढी रंगशालामा आयोजना हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहने क्लबले जनाएको छ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।