काठमाडौं । नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा बहराईनलाई पराजित गरेको छ ।
मंगलबार राति भएको खेलमा नेपालले घरेलु टिम बहराईन यू-१९ टिमलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
नेपालको जितमा कप्तान सरु लिम्बु, रेखा पौडेल र दिल कुमारी रानाले एक एक गोल गरिन् ।
यस अघि पहिलो मैत्रीपूर्णमा नेपालले बहराईनलाई ४-२ गोल अन्तरले पराजित गरेको थियो ।
नेपाली टिमले अब अन्तिम मैत्रीपूर्णमा बिहिबार बहराईनको राष्ट्रिय टिमसँग खेल्नेछ ।