एजेन्सी । एस्टन भिल्ला काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा लिभरपुललाई ५-० गोल अन्तरले पराजित गर्दै एस्टन सेमिफाइनलमामा पुगेको हो ।
युवा खेलाडीले भरिएको लिभरपुलविरुद्ध जित निकाल्न एस्टनका जोनाथन कोड्जियाले दुई गोल गरे । यस्तै वेस्ली र कोर्नर हौरिहानेले एक एक गोल गर्दा एस्टनले एक गोल आत्मघाती उपहार पाएको थियो । लिभरपुलका मोर्गन बोएसले आत्मघाती गोल गरेका थिए ।
सिनियर टिम फिफा क्लब विश्वकपका लागि कतारमा रहदा भिल्लाविरुद्ध लिभरपुलले यू-२३ टिमका खेलाडी मैदान उतारेको थियो ।
क्लब विश्वकपमा लिभरपुलले बुधबार मोन्टेरीसँग खेल्दैछ ।
