काठमाडौं । इन्डोनेसियन लिगा वानमा नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ता पराजित भएको छ ।
मंगलबार भएको खेलमा जकार्ता पेर्सेबया सुराबयासँग २-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा मार्को सिमिकले एक गोल फर्काएपनि जकार्ता पराजित भएको हो । सुराबयाको जितमा ओस्भाल्डो हाय र डिओगो काम्पोसले एक एक गोल गरे ।
यो हारसँगै जकार्ताले शीर्ष १० मा उक्लने मौका गुमाएको छ । साविक विजेता समेत रहेको जकार्ता ३३ खेलमा ४१ अंक जोडेर लिगको १३ औं स्थानमा रहेको छ ।
जकार्तालाई हराउदै सुराबया भने ५१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।