एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाको पुनरागमन लम्बिने भएको छ ।
चोटका कारण पछिल्लो तीन महिनायता मैदानमा नदेखिएका पोग्बा बिरामी भएपछि मैदानमा उनको पुनरागमन लम्बिएको हो ।
पोग्बा गत सेप्टेम्बरबाट मैदानमा देखिएका छैनन् । उनले एंकलको चोट बोकेका थिए ।
पोग्बा यसै साता टिमको प्रशिक्षणमा सामेल भएका थिए । उनी यसै साताबाट मैदान उत्रने बताईएको थियो । तर, दुई दिनको अभ्यासपछि बिरामी हुँदा उनको पुनरागमन लम्बिन भएको छ ।
पोग्बा शुक्रबार उनको भाईको बिबाहमा समेत सामेल भएका थिए । तर, शनिबार उनको चेकअप गर्दा उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।
पोग्बाले यस सिजन मात्र ६ खेल खेलेका छन् ।