• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
'गोल मेसिन' को आगमन !
नमीन ढकाल
मंगलबार, पुस १, २०७६ नमीन ढकाल
'गोल मेसिन' को आगमन !

काठमाडौ । करिब ५ बर्षपछि दशरथ रंगशालामा सोमबार घरेलु लिग फुटबल फर्किएको थियो ।

भुकम्पले रंगशाला क्षतिग्रस्त बन्दा लामो समय हुन नसकेको लिगको खेल सोमबारबाट सुचारु बन्यो ।

नयाँ सिजनको लिगको उद्घाटन खेल दशरग रंगशालामा गर्ने भनिएपनि बर्षाले मैदान हिलाम्य बन्दा पहिलो खेल कम्प्लेक्समा गरिएको थियो ।

तर लिगको तेस्रो खेल रंगशालामा हुन पुग्यो । मैदानमा च्यासल र संकटा युथ क्लब थिए ।

खेलअघि सबैको ध्यान साहुखल परिवारमा थियो । राष्ट्रिय फुटबल टिमका पुर्व फरवार्ड सन्तोष साहुखल लिग खेल्न स्वदेश फर्किएका थिए । उनले लिग खेल्न च्यासललाई रोजेका थिए । सन्तोषका दाजु बालगोपाल साहुखल पहिलो पटक प्रशिक्षकको रुपमा ए डिभिजन क्लबको नेतृत्व गर्दै थिए ।

सोमबारको दिन दुवैका लागि विशेष रह्यो । च्यासलले खेल २–० ले जित्यो । दुवै गोल सन्तोषले गरे । अनि सन्तोषकै गोलमा बालगोपालले लिगको डेब्यु खेलमा सुखद सुरुवात गरे ।

सन्तोषले रंगशालमा युवा अवस्थाको जस्तै लय देखाएका थिए । खेल अवधिभर संकटाका डिफेन्डरलाई सन्तोषले दबाबमा राखे ।

लामो समय भयो, सन्तोष घरेलु फुटबलबाट हराएको । गत सिजन केही खेल खेल्न मात्र उनी नेपाल आएका थिए ।

तर सोमबारकाे खेलमा उनको प्रभाव उस्तै देखिन्थ्याे ।

यसै हप्ता नेपाल फर्किएका सन्तोषले पहिलो र दोस्रो हाफमा एक–एक गोल गरे । पहिलो गोल खेलको ४१ औं मिनेटमा गरे । हेमन्त थापा मगरले मिलाएको सहज पासमा उनको फिनिसिङ उत्कृष्ट थियो । दोस्रो गोल खेल सक्किन ६ मिनेट अघि गरे । यसपटक अमिर श्रेष्ठले पास मिलाएका थिए ।

सुरुवाती खेलमै दुई गोल गर्दा सन्तोष खुसी देखिन्थे ।

'पहिलो खेलमै गोल गरे खुसी छु ।' सन्तोषले भने ।

गत बर्ष घरेलु फुटबलमा फर्किएका सन्तोष केही खेल लगत्तै जापान फर्किएका थिए ।

यसपटक पुरै लिग सकेर उनी जापान जाने योजनामा छन् ।

दोस्रो पटक घरेलु लिग खेल्न जापानबाट नेपाल आएका उनले नेपाली फुटबलको स्तरको चर्चा गरे । उनले घरेलु फुटबलको स्तर खासै नबढेको प्रतिक्रिया दिए ।

'नेपाली फुटबलको स्तर बढेको छैन । पहिलेको भन्दा पनि खस्केको जस्तो लाग्छ ।' उनले भने ।

आखिर किन त ?

समयमै लिग नहुनु र खेलाडी स्वयमले आफ्नो स्तरलाई ध्यान नदिएको उनको कथन छ ।

'लिग राम्रो छैन । खेलाडी स्वयम फिटनेशमा ध्यान दिदैनन् ।' उनले भने ।

राष्ट्रिय टिमबाट बाहिर रहेका सन्तोषले सन्यास लिएका छैनन् ।

उनकै ब्याजका अनिल गुरुङ्ले सन्यास लगिसकेका छन् ।

सन्तोष र जुमानु राई भने सन्यासको पर्खाईमा छन् ।

अनिल हाल ब्रिगेड ब्वाईजबाट खेल्दैछन् । जुमानु नेपाल पुलिसबाट लिग खेल्दैछन् ।

सन्तोष आफु स्वयम नेपालमा रहँदा फिटनेस र खानामा ध्यान नदिने गरेको बताउँछन् ।

'नेपाल हुँदा म पनि त्यस्तै थिए । तर जापानमा ख्याल गरे । जसको प्रभाब अहिले देखिन्छ ।' उनले भने ।

गतबर्ष च्यासलबाट खेलका सन्तोषले ३ गोल गरेका थिए ।

संकटाविरुद्ध एक गोल गरेका उनले एनआरटी र हिमालयन शेर्पाविरुद्व समेत एक–एक गोल गरेका थिए ।

घरेलु लिग फुटबलका सर्वाधिक गोलकर्ता सन्तोष सय गोलको नजिक छन् । अब उनी दुई गोलले मात्र पछाडी देखिन्छन् ।

लिगमा अझै १२ खेल बाँकी छ । दुई गोल पुरा गरेमा उनले घरेलु फुटबलमा सर्वाधिक सय गोलको नयाँ कीर्तिमान बनाउनेछन् ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
रोकिएला बार्सिलोना ?
रोकिएला बार्सिलोना ?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
प्रिमियर र क्वासन च्याम्पियन
प्रिमियर र क्वासन च्याम्पियन
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
देशलाई पदक दिलाउन माहिर विजय
देशलाई पदक दिलाउन माहिर विजय
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP