काठमाडौ । राष्ट्रिय टिमका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बू सम्मिलित पञ्जाब फुटबल क्लबले लगातार दोस्रो जित निकालेको छ ।
सोमबार घरेलु मैदानमा भएको खेलमा पञ्जाबले ईन्डियन एरोजलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका किरण चौथो खेलमा समेत प्लेईङ सेटमै खेलेका थिए ।
घरेलु मैदानमा दोस्रो जित निकाल्ने क्रममा पञ्जाबका लागि परिवर्तित खेलाडी दिपन्डा डिक्काले गोल गरे ।
इङ्ल्याण्डका जासोन हार्डको स्थान लिएका डिक्काले खेलको ८० औं मिनेटमा निर्णायक गोल गरे ।
यसअघि भएको खेलमा पंञ्जाबले पुर्ब च्याम्पियन चेन्नेइ सिटीलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।
तेस्रो खेलमा आएर पहिलो मौका पाएका गोलरक्षक किरण चेन्नाईविरुद्ध म्यान अफ दि म्याच घोषित भएका थिए । जुन खेलमा समेत डिक्काले गोल गरेका थिए ।
जितसगै आईलिगमा पञ्जाबले ४ खेलबाट ७ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।