काठमाडौं । विभागीय क्लब एपीएफले सातौं प्रधानसेनापति अन्तराष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ ।
सावित्रा भण्डारीले ९ गोल गरेपछि एपीएफले सोमबार पाहुना टिम सिक्किम फुटबल क्लबलाई १८-० गोल अन्तरले पराजित गरेको हो ।
लगनखेलस्थित आर्मीको मैदानमा सावित्राले तेहेरो ह्याट्रिक गर्दा अनु लामाले ४ गोल गरिन् । यस्तै अनिता बस्नेतले ह्याट्रिक गर्दा रेनुका नगरकोटीले २ गोल गरिन् ।
अर्को खेलमा नेपाल पुलिस क्बललबे प्रदेश २ लाई ३–० गोल अन्तरले हराएको छ । पुलिसको जितमा निरु थापा, दीपा न्यौपाने र निशा विकले एक एक गोल गरिन् ।