एजेन्सी । युरोपा लिग फुटबलको अन्तिम ३२ मा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडले बेल्जियन क्लब ब्रुगसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
युइएफएले सोमबार सार्वजनिक गरेको ड्रमा युनाइटेडले ब्रुग प्रतिद्वन्दी पाएको हो ।
यस्तै आर्सनलले अन्तिम ३२ मा ग्रीकको ओलम्पियाकोससँग खेल्नेछ ।
अर्को इन्ग्लिश क्लब वुल्भ्सले स्पेनिस क्लब स्पानियोलसँग खेल्नेछ ।
स्पेनिस क्लब गेटाफेले आयाक्स, बेन्फिकाले शाख्तर डोनेस्क्ट तथा रोमाले
होम एण्ड अवे लिगका आधारमा हुने अन्तिम ३२ को पहिलो लेग खेल फेब्रुवरी २० मा हुनेछ । दोस्रो लेग २७ फेब्रुवरीमा हुनेछ ।
यस्तै अन्तिम १६ को पहिलो लेग मार्च १६ र दोस्रो लेग मार्च २० मा हुनेछ ।
क्वाटरफाइनलको पहिलो लेग अप्रिल ९ र दोस्रो लेग अप्रिल १६ हुँदा सेमिफाइनलको पहिलो लेग अप्रिल ३० र दोस्रो लेग ७ मे मा हुनेछ । फाइनल २७ मे मा हुनेछ ।
