एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को 'ड्र' सार्वजनीक भएको छ ।
सोमबार सार्वजनीक 'ड्र' अनुसार स्पेनिस महारथी रियल मड्रिड र म्यान्चेष्टर सिटी प्रि–क्वार्टरफाईनलमै भिड्ने भएका छन् ।
यस्तै, जर्मन क्लब बोरुसिया डर्टमण्डले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई प्रतिद्वन्दीको रुपमा पाएको छ ।
यस्तै, ईटालीयन क्लब एटलान्टाले स्पेनिस क्लब भ्यालेन्सियासंग, स्पेनिस क्लब एट्लेटिको मड्रिडले साविक विजेता लिभरपुललाई अन्तिम १६ को प्रतिद्वन्दीकाे रुपमा पाएको छ ।
लण्डन क्लब चेल्सीले बुन्डेशलिगा च्याम्पियन बार्यन म्युनिखसंग खेल्दा लियोनले ईटालियन क्लब युभेन्ट्ससं खेल्नेछ ।
यस्तै, गत सिजनको फाईनल खेलेको टोटेनहम हर्ट्सपरले जर्मन क्लब आरबी लिपिजिगसंग खेल्दा ईटालीको नापोलीले स्पेनको बार्सिलोनासंग क्वार्टरफाईनल पुग्नका लागि भिड्नेछ ।
पहिलो लेगको खेल फेब्रुअरी १८, १९, २५ र २६ मा हुनेछ । त्यस्तै दोस्रो लेगको खेल मार्च १०, ११, १७ र १८ मा हुनेछ ।
प्रतियोगिताको फाईनल मे ३० मा ईस्तानबुलमा हुनेछ ।