• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
बिग्रेडमा विजय !
नमीन ढकाल
आइतबार, मंसिर २९, २०७६ नमीन ढकाल
बिग्रेडमा विजय !

काठमाडौं । बिग्रड ब्वाईज ‘लाहुरे’को क्लब हो । बिग्रडको काठमाडौंका अन्य ए डिभिजन क्लब जस्तो नियमित आर्थिक स्रोत छैन । तर फुटबलप्रतिको मोहले उसलाई ए डिभिजनमा टिकाई राखेको छ । ब्रिगेडले यसपटक समेत एन्फा एकेडेमीका खेलाडी राखेर लिग खेल्ने टिम बनाएको छ ।

केही अनुहार छाड्ने हो भने ब्रिगेडले एन्फा एकेडेमीका खेलाडीलाई लिग खेल्न जम्मा गरेको छ । ब्रिगेडले एन्फाबाट बाहिरिएका यू–१८ साफ र यू–१९ एएफसी छनोट खेलेका खेलाडीलाई टिममा राखेको हो ।

तर उमेर समूहका खेलाडीको भिडमा केही परिचित अनुहार ब्रिगेडमा छन् । विजय गुरुङ त्यसैको उदाहरण हुन् ।

करिब १५ बर्ष अघि ब्रिगेडबाट ए डिभिजन लिगमा डेब्यु गरेका अनिल गुरुङले ब्रिगेडको नेतृत्व गरेका छन् ।

अर्का खेलाडी उत्तम गुरुङ पोखरेली भिडमा अनिल र विजयसंग मिसिन आईपुगेका छन् ।

एन्फा एकेडेमीका उत्पादन विजयले करिब ७ बर्षपछि घरेलु लिगमा शनिबार पुनरागमन गरे ।

घरेलु फुटबलमा ब्रिगेडको लामो ईतिहास छैन । यसले जितेको पनि केही हैन । तर उसले नयाँ सिजन अनिल, उत्तम र विजयलाई समावेश गर्दै युवा खेलाडीले भरिएको टिम बनाएको छ । करिब ६ बर्ष पछि घरेलु लिगमा फर्किएका विजयले युवा टिमसँग मिलेर ब्रिगेडलाई यस सिजन रेलिगेशनबाट जोगाउनुपर्ने जिम्मेवारी छ ।

शनिबार आफ्नै पुरानो ट्रेडमार्क जर्सी नम्बर ७ लगाएर विजय लिगमा देखिए । प्लेईङ सेटमै मैदान छिरेका उनले फिटनेशमा सुधार गर्नुपर्ने देखे ।

‘धेरै समय पछि लिगमा फर्किएको छु । पहिलो दिन राम्रोनै भन्नुपर्छ । फिटनेश कम भयो । धेरै पछि खेल्दा केही अप्ठ्यारो महशुस गरे ।’ खेलपछि उनले भने ।

शनिबारबाट सुरु सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा ब्रिगेडले पहिलो खेलमा मछिन्द्रसँग खेल्यो । उपाधि जित्ने लक्ष्य सहित घरेलु फुटबलका अधिकांश स्टार खेलाडी अनुबन्धन गरेको मछिन्द्रले ब्रिगेडलाई २–० ले हरायो ।

Image may contain: 11 people, people smiling

सुरुवाती सेटमै रहेर विजयले खेलको सुरुवात गरेका थिए । उनलाई ८१ औं मिनेटमा उत्तम गुरुङले स्थानान्तरण गरे ।

विजयले युवा खेलाडीले सुरुमै बलियो टिमसँग खेल्दा लय नसमातेको र खेल्न गाह्रो भएको प्रतिक्रिया दिए ।

‘जुनियर भाईहरु छन् । सुरुवात भएको छ, लयमा आउन केहि समय लाग्छ । सुरुवातमै बलियो टिम पर्दा गाह्रो भयो ।’ उनी भन्छन् ।

मनाङले २०७० सालमा सातौ पटक ए डिभिजन लिग जित्दा थ्रीस्टारबाट खेलेका विजयले त्यसयता लिग खेलेका छैनन् । गत बर्षमात्र रोकिएको लिग सुचारु भयो । तर विजय खेल्न आएनन् ।

७२ मा सम्पन्न भएको राष्ट्रिय लिग थ्रीस्टारलाई जिताउन विजयले महत्वपुर्ण भुमिका खेलेका थिए ।

अन्तिम खेलमा उनी म्यान अफ दि म्याच पनि भएका थिए । तर त्यसपछि उनी फुटबल मैदान बाहिर छन् ।

उनी यसपटक समेत फुटबलमा नआउने सोचमा थिए । धेरै समय उनी फुटबलबाट बाहिर रहे । फिटनेशले साथ नदिने उनमा आशंका थियो ।

उनले लिगका बारेमा सोचेका पनि थिएनन् । तर राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान अनिल गुरुङले फोन गरेर उनलाई लिग खेल्न अनुरोध गरे । विजयीले हुदैन भन्न सकेनन् । अनिल र विजय दुवै पोखराका हुन् । एउटै टोलमा बस्ने दुवै राष्ट्रिय फुटबल टिमका पुर्व सदस्य हुन् ।

‘मैले लिग खेल्ने सोचमै थिईन । नखेल्ने भनेर बसेको थिए । अनिलले दाई आउनुपर्छ, युवा टिम छ, अनुभवी छैनन् भनेर आग्रह गर्यो ।’ ब्रिगेड आउनुको कारण उनले खुलाए ।

बिजयले चौथो क्लबको रुपमा ब्रिगेड रोजेका हुन् । यसअघि विजयले फ्रेन्ड्स, थ्रीस्टार र मनाङबाट खेलेका थिए । ए डिभिजन लिगमा विजयको यात्रा फ्रेण्ड्सबाट सुरु भयो ।
एकसिजन फ्रेण्ड्सबाट खेलेपछि उनी थ्री स्टार लागे । अनि मनाङलाई गन्तव्य बनाए । मनाङमा खेलेपछि उनी पुन थ्री स्टार फर्किए । त्यसपछि करिब १० बर्ष उनी थ्री स्टारबाट खेले । फुटबल करियरको उत्तारार्धमा उनी ब्रिगेड पुगेका छन् । जुन क्लबबाट उनकै गृहबासी अनिलले फुटबल करियर सुरु गरेका थिए ।

ब्रिगेड फर्किएका विजयको कुनै ठुलो आश छैन । मात्र अनिलको शब्द काट्न नसकेर आएका हुन् । हुन त फुटबल उनको प्यासन हो । त्यही प्यासनले उनले गत पुसमा इरानमा भएको एएफसी फुटसल च्याम्पियनसिप छनोट खेलेका थिए ।

ब्यक्तिगत रुपमा कुनै ठुलो लक्ष्य नभएपनि ब्रिगेडलाई लिगको शीर्ष ६ भित्र राख्ने विजयको प्रतिबद्वता छ ।

युवा खेलाडीले भरिएको ब्रिगेडलाई तीन पोखरेली (अनिल गुरुङ, विजय गुरुङ, उत्तम गुरुङ)को अनुभवमा ए डिभिजनमा टिक्नु छ ।

‘हामीसँग अझै समय छ, तयारी गर्छाै । लयमा आउँछौं । विस्तारै राम्रै गछौं ।’ विजय आशावदी देखिन्छन् ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
रोकिएला बार्सिलोना ?
रोकिएला बार्सिलोना ?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
प्रिमियर र क्वासन च्याम्पियन
प्रिमियर र क्वासन च्याम्पियन
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
देशलाई पदक दिलाउन माहिर विजय
देशलाई पदक दिलाउन माहिर विजय
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP