काठमाडौं । मैदान अभावका कारण सहिद स्मारक ए डिभिजन लिगको भोली (आईतबार) हुने खेल स्थगित हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले आईतबारका लागि तय भएको संकटा र च्यासल युथ क्लब तथा त्रिभुवन आर्मी र फ्रेन्ड्स क्लबको खेल स्थगित हुने जानकारी दिएको छ ।
आईतबारको हुने संकटा र च्यासलको खेल दशरथ रंगशाला र आर्मी र फ्रेन्ड्सको दोस्रो खेल एन्फा कम्प्लेक्समा निर्धारण गरिएको थियो ।
तर लगातारको बर्षाले दशरथ रंगशाला खेल्न योग्य छैन । रंगशालाको मैदान मर्मतमा केही समय लाग्ने देखिएको छ ।
सोही कारण रंगशाला खेल्न योग्य नभएका कारण शनिबारको उद्घाटन खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा सारिएको थियो ।

आईतबार एन्फा कम्प्लेक्समा जापानको लिग खेल्ने टिम र मनाङ मस्र्याङ्दीको मैत्रीपूर्ण म्याच राखिएको छ ।
सोही कारण रंगशाला खेल्न नमिल्ने र एन्फा कम्प्लेक्समा मैत्रीपूर्ण खेल हुने भएकाले लिग अन्तर्गतको भोलीको खेल स्थगित गरिएको हो ।
शनिबार भएको उद्घाटन खेलमा मछिन्द्र क्लबले ब्रिगेड ब्वाईज क्लबलाई हराउँदै लिगमा विजयी सुरुवात गरेको छ ।
नयाँ तालिका :
