काठमाडौं । नेदरल्याण्डविरुद्ध दोस्रो एक दिवसीय क्रिकेट खेलिरहेका नेपालले लगातार दुई विकेट गुमाएको छ । नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिल शाहलाई गुमाएको हो ।
भिआरए मैदानमा जारी खेलमा नेपालले १३ रन बनाएर खेलिरहेका ज्ञानेन्द्र मल्ल र ४ रन जोडेका युवा खेलाडी अनिल शाहलाई गुमाएको हो ।
२४ बल खेलेर २ चौका प्रहार गरेका ज्ञानेन्द्रलाई क्लासेनले विकेट किपर बारेसिको हातबाट क्याच आउट गराएका थिए ।
त्यस्तैे तीन बलमा एक चौकाका बनाएर खेलिरहेका अनिललाई क्लासेनले रिपोनको हाटबाट क्याच आउट गराएको हो ।