काठमाडाै । नेदरल्याण्डविरुद्धको दोस्रो वान डे क्रिकेटमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ । ब्याटिङ समस्याका कारण पहिलो खेल गुमाएको नेपालले टोलीमा दुई युवा ब्याट्सम्यानलाई मौका दिएको छ ।
नेपाली टोलीमा सुवास खकुरेल र रोहित कुमार पौडेलले अवसर पाएका छन् । ललित भण्डारीले समेत दोस्रो खेलमा मौका पाएका छन् ।
पहिलो खेलमा चोट बोकेका शरद भेषवाकरलाई मैदान बाहिर राखिएको छ ।
शक्ति बस्नेत र करण केसीलाई दोस्रो खेलमा बाहिर राखिएको छ । पहिलो खेल ५५ रनले हारेको नेपाल दोस्रो खेलमा जित निकाल्दै सिरिज बराबरी गर्ने दाउमा छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीबाट एकदिवसीय मान्यता पाएपछि पहिलो पटक नेपालले नेदरल्याण्डविरद्व खेल्दै एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेको हो ।