एथ्लेटिक्समा नेपालका टंकलाई कास्य
मंगलबार, मंसिर १७, २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको १५ सय मिटर दौडको पुरुष नेपालले कास्य जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार नेपालका टंक कार्कीले १५ सय मिटरमा कास्य जितेका हुन् ।
टंकले निर्धारित दुरी ३ मिनेट ५९.२० सेकेण्डमा पुरा गरे ।
योसँगै १३ औं सागको एथ्लेटिक्समा टंक नेपाललाई पहिलो पदक दिलाउने खेलाडी बने ।
यस स्पर्धामा भारतले स्वर्ण र रजत जित्यो ।
यस स्पर्धाको महिलामा श्रीलंकाले स्वर्ण जित्दा भारतले रजत र कास्य जित्यो ।
नेपालकी सरस्वती भट्ट पाँचौ र सानु माया कार्की सातौ भईन् ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


