एथ्लेटिक्समा ७ स्वर्णमा प्रतिस्पर्धा हुँदै
सोमबार, मंसिर १६, २०७६खेलपाटी संवाददाता
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेस्रो दिन आज (मंगलबार) एथ्लेटिक्सतर्फ ७ वटा स्वर्णको टुङ्गो लाग्दैछ ।
काठमाडौंको दशरथ रंगशालामा विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा हुने तय भएपनि ७ खेलको मात्र स्वर्णको टुङ्गो लाग्ने भएको छ ।
तालिका अनुसार मंगलबार सय मिटर पुरुष र महिला स्पर्धाको हिट चरणको खेल हुनेछ ।
यस्तै, हाई जम्पको महिला र पुरुष, १५ सय मिटर दौडको पुरुष र महिला र सय मिटर दौडको पुरुष महिलाको फाईनल खेल मंगलबारनै हुनेछ ।
त्यस्तै १० हजार मिटर पुरुषको फाईनल खेल समेत मंगलबार राखिएको छ ।









-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


