एजेन्सी । प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले न्युक्यासललाई हराएको छ ।
आईतबार राति भएको खेलमा एस्टन भिल्लाले न्युक्यासललाई २–० ले हराएको हो ।
एस्टनका लागि दुवै गोल पहिलो हाफमै सम्भव भएको हो ।
३२ औ मिनेटमा कोनोर होहरिनले फ्रिकिक मार्फत घरेलु टोली एस्टनलाई सुरुवाती अग्रता दिलाए ।
त्यसको चार मिनेटपछि अनवर एल गाजीले एस्टनको अग्रता दोब्बर पारेका थिए ।
भिल्ला क्लबको लगातार तीन हारको यात्रामा पुर्णविराम लागेको छ ।

रेलिगेशन जोन भन्दा दुई स्थान माथि रहेको एस्टन भिल्लाले १३ खेलबाट १४ अंक जोडेको छ ।
न्युक्यासल १५ अंक सहित १४ औं स्थानमा छ ।